२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीलाई मानन्धरको सुझाव: पहिला संविधान पढ्नुहोस् अनि कम्युनिष्टलाई गाली गर्नुस्

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले नेपालमा समाजवादी व्यवस्था लागु गर्ने हो भने वामपन्थीहरुको सत्ता अनिवार्य भएको बताउनु भएको छ ।

वाम प्रगतिशील गठबन्धन काठमाडौँ क्षेत्र नम्बर–७ निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । ‘कम्युनिष्टहरुले सत्ता सञ्चालन गर्न सकेनन् भने यहाँ दलाल पुजिँपतिहरुको हैकम चल्ने छ,’ उहाँले भन्नुभयो, ‘यो निर्वाचन पुँजिपति वर्गले राज्य सञ्चालन गर्ने कि श्रमजिवी वर्गको हितमा काम गर्नेले भन्ने बीचको अर्थात वर्ग संघर्षको लडाईँ पनि हो ।’

उहाँले यो वर्गसंघर्षको लडाईँ कार्यकर्तालाई हातमा बन्दुक नवोकाई लडिरहेको पनि बताउनुभयो । उहाँले राष्ट्रवादी देशभक्त जति सबै एक भएर अधिनायकवादलाई परास्त गरेको खण्डमा देश सम्मुन्तको बाटोतर्फ अघि बढ्ने पनि बताउनुभयो । ‘प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अन्य पार्टीसँग लडेर वाम प्रगतिशील समूहले अत्याधिक बहुमत ल्याएर शासन गर्ने छ,’ उहाँले भन्नुभयो, ‘यसमा कसैले शंका नगरे हुन्छ ।’

उहाँले उक्त कुरा सुन्दा चुनौतीपूर्ण भएपनि सम्भव रहेको भन्दै यसमा विश्वस्त हुन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पछिल्लो समयमा देशमा भ्रष्टाचार बढेको भन्दै वाम गठबन्धनको सरकार आएको खण्डमा त्यो अन्त्य हुने पनि धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा क्षेत्र नम्बर–सातका प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धरले केही दिनमा नै वाम गठबन्धन विजयी भएपछि ऐतिहासिक सरकार बन्ने र त्यो सरकारले पाँच वर्षमा देशको मुहार फेर्ने दावी गर्नुभयो ।

उहाँले वाम एकताको सबै भन्दा वढी प्रचारक कांग्रेस नै भएको पनि दाबी गर्नुभयो । ‘अहिले कांग्रेसले वामपन्थीहरुले जिते भने नेपालमा चीन वा उत्तरकोरियाको शासन लागु हुन्छ भनेर हौवा फैलाएको छ,’ उहाँले भन्नुभयो, ‘नेपाल नेपाल नै बन्छ, दक्षिणपन्थीहरुको स्वभाव नै गलत प्रचार गर्ने हो । कम्युनिष्टहरुले राज्य सञ्चालन गर्न पाए भने देशले मुहार फेर्छ भन्ने सन्देश २०५१ सालमा एमालेले दिइसकेको छ ।’ उहाँले २०५१ सालमा नौ महिना कम्युनिस्टले शासन चलाउँदा जनताले ठूलो आनन्दको महसुश गर्न पाएको पनि दाबी गरे ।

‘आर्थिक समृद्धिको चरमचुलीमा पुगेको चीनजस्तो नेपाल बन्न सक्नु ठूलो कुरा हो,’ उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्रीजीलाई नेपालको संविधान राम्रोसँग पढ्न आग्रह गर्छु । हामीले संविधानलाई कार्यान्वयन गर्ने हो । संविधानको प्रस्थावनामा लेखिएको कुरा राम्रोसँग पढ्न म प्रधानमन्त्रीलाई पुनः आग्रह गर्न चाहन्छु ।’

उहाँले हल्ला गर्दैमा केही पनि नहुने दाबी पनि गर्नुभयो । ‘सयवर्षपछि साम्यवाद ल्याउन सकिएला तर तत्काल यो संविधान रहेसम्म साम्यवाद सम्भव छैन,’ उहाँले भन्नुभयो ।