२२ कार्तिक २०८३, आइतबार

चर्चित युवाहरु एमालेमा प्रवेश, उपमहासचिव विष्णु पौडेलले भित्र्याए

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, २५ कात्तिक । अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय सदस्य प्रकाश पंगेनी सहित नवलपरासीका चर्चित युवा समाजसेवी तथा व्यवसायीहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरीको पहलमा एमाले उपमहासचिव विष्णु पौडेलले एक कार्यक्रमका बीच पाँच सय जनाको सो टोलीलाई एमालेमा प्रवेश गराउनुभएको हो । यसरी एमाले प्रवेश गर्नेहरुमा नवलपरासी भुमही निवासी एन्फाका केन्द्रीय सदस्य प्रकाश पंगेनी, युवा उद्योगी धनपद यादव, युवा समाजसेवी रुदल यादव, नेकपा माओवादी केन्द्रका नेता एवं सुनवल १३ का उम्मेदवार मुन्द्रीका चौधरी, बडेरा निवासी समाजसेवी दण्डपानी न्यौपाने लगायत पाँच सय जना रहेको एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

मुलुकको समृद्धि र हितमा काम गर्ने र जनताको लागि काम गर्ने एकमात्र पार्टी नेकपा एमाले नै भएको ठहर गर्दै पार्टी प्रवेश गरिएको उनीहरुले बताएका छन ।

नवलपरासीका चर्चित समाजसेवी, व्यवसायीहरु पार्टीमा प्रवेश गरेपछि एमाले कार्यकर्ताहरुमा उत्साह छाएको बताईएको छ ।