२२ कार्तिक २०८३, आइतबार

ओली र प्रचण्ड बेसीशहर आउँदै

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लमजुङ आउने तय भएको छ ।

लमजुङ सदरमुकाम बेसीसहरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न उनीहरु कात्तिक २९ गते बुधबार बेसीशहर आउन लागेका हुन् । संयुक्त बाम गठबन्धन संयुक्त निर्वाचन कमिटी लमजुङले बुधबार बेसीशहरको फुलबारी मञ्चमा संयुक्त सभाको आयोजना गरेको छ ।

सभालाई एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका साथै एमालेका केन्द्रीय सचिव एवं लमजुङ २ का प्रदेश सभा उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, लमजुङका प्रतिनिधिसभा उम्मेदवार एवं माओवादीका स्थायी समिति सदस्य देव गुरुङ, एमालेका लमजुङ इन्चार्ज मायानाथ अधिकारी, लमजुङ प्रदेश १ का उम्मेदवार धनञ्जय दवाडी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा दशौं हजारको सहभागिता रहने गरी तयारी थालिएको एमाले लमजुङका सचिव कृष्णप्रसाद अधिकारीले दैनिक नेपाललाई जानकारी दिए ।