२२ कार्तिक २०८३, आइतबार

तार टाँगेको १ वर्षपछि पनि ३१ घरमा मात्रै बिजुली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–रुपलाल बोहोरा/दैनिक नेपाल

डोल्पा, २३ कात्तिक । डोल्पाको एक गाउँमा तार टाँगेको एक बर्षपछि मात्रै गत बुधबारबाट ३१ घरमा बत्ति बलेको छ । साविकको सु गाविसको रंग बस्तीमा रहेका २ सय १४ मध्ये ३१ घरधुरीमा मात्र मीटर जडान भएर बत्ति बलेको हो ।

२०७३ मा विद्युत लाईन विस्तार गर्नका लागी पोल गाडिएको थियो । ट्रान्सफरमर तथा वितरण लाईन भने गत ३ महिना अगाडी नै ल्याएको थियो । विद्युत प्राधिकरणको लापरवाहीका कारण हालैमात्रै केही घरमा बत्ति बलेको स्थानियले बताएका छन् । गाउँमा बत्ति बाल्नका लागी ठुलो प्रयासपछि मात्रै सम्भव भएको स्थानिय तहमा एमालेबाट निर्वाचित वडा अध्यक्ष श्रीदल बुढाले बताएका छन् ।

२०० किलोवाट क्षमता भएको यस दुनै वितरण केन्द्रमा एउटा मेसिन बिग्रेका कारण हाल ७० किलोवाट देखी ७५/८० किलोवाट विद्युत उत्पादन हुन्छ । यता मेसिन बिग्रीएको छ भने उता ग्राहकको संख्या भने दिन प्रतिदिन बढिरहेको छ । पहिले यस वितरण केन्द्रबाट १ हजार २७६ ग्राहक बनेका थिए भने अब रंगमा विस्तार भए पछि ग्राहक बढेर १ हजार ४९० हुने वितरण केन्द्रले बताएको छ ।

बुधबारबाट रंगमा बत्ति बाल्न सुरु भएपछि बाँकी घरमा मीटर जडान कार्य भई सकेपछि बत्ति बल्ने पनि कार्यालयले जनाएको छ । सबै घरमा बत्ति बलेता पनि यो अबरुद्ध भएन भने १५ दिनसम्म मात्र बाल्न पाउने वितरण केन्द्रले जनाएको छ । बाँकी १५ दिन भने अध्यारोमा नै बिताउनु पर्ने रंगका स्थानिय ज्ञानबहादुर बोहोराले बताए ।

गाउँमा साना तिना हाइड्रोपावर बनेता पनि पोल र तार हेर्नु बाहेक विकल्प नभएको स्थानीय दुखेसो पोख्छन् । साविकको रह, माझफालको दुरगाउँलगायतका केही गाउँहरुमा लामो समयदेखि विद्युत आपुर्ति अबरुद्ध भएको छ भने बाँकी रहेका गाउँमा कहिले बल्ने कहिले नबल्ने गरिरहेको स्थानीयले बताए । जिल्लाको साविकको सर्मी, रिमीलगायतका गाउँहरुमा बिजुलीको योजनाहरु अस्तव्यस्त रहेका छन् । निर्वाचनको समय भएकाले गाउँ उम्मेदवारहरुको शिक्षा, स्वास्थ्य, विद्युत, रोजगार, विकास सम्बन्धी आस्वासन सुन्दै जनताहरु वाक्क भइसकेको मुड्केचुला गाउँपालिका वडा नम्बर ३ का स्थानीय तथा शिक्षक इन्द्र बोहोराले बताएका छन् ।