गाईघाट, २३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का जिल्ला तहका एक प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । विहीबार सदरमुकाम गाईघाटमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै राप्रपा प्रजातान्त्रिकका त्रियुगा नगर कमिटी उपाध्यक्ष किरण पाण्डे एमालेमा प्रवेश गरेका हुन् ।
पाण्डे गएको स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिका वडानं १० को वडाध्यक्ष पदमा झिनो मतले पराजित भएका थिए । पाण्डेले जिल्ला तहमै सबैभन्दा बढि मत प्राप्त गरेका थिए । त्रियुगा नगर क्षेत्रमा निकै प्रभाव राख्ने पाण्डे सामाजिक क्षेत्रअन्र्तगत त्रियुगा साना सहरी खानेपानी सरसफाइ उपभोक्ता समितिमा अत्याधिक मत प्राप्त गरी कोषाध्यक्ष पदमा विजयी भएका थिए ।
सानै उमेरदेखि राजनीतिक क्षेत्रमा कृयाशिल रहेका पाण्डे सामाजिक क्षेत्रसँगै युवाजमातमासमेत चर्चित छन् । पत्रकार सम्मेलनपछि जारी गरिएको विज्ञप्तीमा निर्वाचनमा आर्थिक समृद्धी, राष्ट्र र राष्ट्रियता, वैज्ञानिक समाजवादका बाटोलाई अङ्किार गरेका पार्टी वामपन्थी शक्ति भएकाले जनताको भावनाअनुसार एमालेमा प्रवेश गरेको बताएकाछन् ।
विज्ञप्तीमा आर्थिक समृद्धी, राष्ट्र र राष्ट्रियता, वैज्ञानिक समाजवादका बाटोलाई अङ्किार गरेका पार्टी वामपन्थी शक्ति र आफुलाई लोकतन्त्रको हिमायती ठान्ने तर यथास्थितिमै रहिरहने दुई पार्टी विच प्रतिसपर्धा हुने अबश्थामा आफु राष्ट्रियता पंक्षधरमा उभिएको बताएकाछन् ।
साथै उनले आगामी निर्वाचनमा आआफ्नो तह र तप्काबाट साथसहयोग गर्दै वामपन्थी गठबन्धनका उमेदवारहरुलाई विजयी गराउँदै मुलुकलाई आर्थिक समृद्धी र राजनैतिक स्थायीत्वतर्फ उन्मुख गराउन सबैलाई अपिल गरेकाछन् । पाण्डेले आफुसँगै नगर क्षेत्रका १ सय जना कार्यकर्ता एमालेमा प्रवेश गराएको बताएका छन् ।












प्रतिक्रिया