२२ कार्तिक २०८३, आइतबार

सवारी ज्यान मुद्दाका फरार प्रतिबादी ४ महिनापछि प्रहरी फन्दामा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), २३ कात्तिक । कपिलवस्तुमा सवारी ज्यानमुद्धाका फरार प्रतिबादी चार महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महराजगञ्ज नगरपालिका वडा नं. १, पल्टा बस्ने वर्ष ५५ का राजमंगल खटिक रहेका छन् ।

घटनापछि फरार रहेका प्रतिबादी खटिकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी टोलीले शिवराज नगरपालिका १, शिवपुरस्थित राजमार्ग सडकखण्डमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका प्रतिबादी खटिकलाई जिल्ला अदालत तौलिहवाबाट पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गत असार ५ गते साँझ पक्राउ परेका प्रतिबादी खटिक चढेको लु ७ प २३ नम्बरको मोटरसाइकलले जिल्लाको शिवराज नगरपालिका १३ थुन्हियास्थित भित्री खडकखण्डमा स्थानीय पैदलयात्री ५० वर्षीय जगन्नाथ यादवलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका यादवको उपचारको क्रममा गत असार १२ गते मृत्यु भएको थियो । घटनापछि प्रतिबादी खटिक चार महिनापछि यही कार्तिक २१ गते पक्राउ परेका हुन् ।