कपिलवस्तु, २२ कात्तिक । वाम गठवन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधी सभाका उम्मेदवार वृजेश कुमार गुप्तले भ्रम सिजर्ना गर्दैमा चुनाव नजितिने वताउनु भएको छ । कांग्रेस प्रति ईगित गर्दै नेता गुप्ताले सकिन्छ भने जनता संग जादा विकासको मुद्धा लिएर जान सुझाव दिनु भएको छ । सुर्य चिन्ह लिएर चुनावमा उठेका गुप्ताले मेरो कामको मुल्याकन जनताले गरेकोले जती भ्रम फैलाए पनी केही फरक नपर्ने वताउनु भयो ।
म मा ईमान्दारीता छ । आज सम्म कुनै वेरुजु पनी छैन । कुनै कलंक पनी छैन । विकासको काम गरेको छु । हेर्नै भए तौलिहवा आसपासमा आउन आग्रह गर्नु भयो । बुद्धभुमीको बुड्ढीमा आयोजित कार्यकर्ता भेलालाई सम्वोदन गर्दै नेता गुप्ताले महाराजगंज र बुद्धभुमी यसोधरा अव ५ बर्ष भित्र तौलिहवा जस्तै गरी विकास गर्ने वताउनु भयो ।
कार्यक्रममा बोल्दै माओबादी केन्द्रका पोलिटव्युरो सदस्य रुद्र वन्जाडेले कपिलवस्तुका एमाले , माओबादी र स्वतन्त्र समुह मिलेको देखेर कांग्रेसलाई हर्ट एट्याक आउन लागेको वताउनु भयो । यो चुनाव पछी कांग्रेसको नामो निसान मेटिने दावि गर्नु भयो । कार्यकर्ता लाई सम्वोदन गर्दै नेता वन्जाडेले बाम एकताले सवै कार्यकर्ताको मनोवल उच्च रहेको वताउनु भयो । कार्यक्रममा बोल्दै एमाले जिल्ला सदस्य पिताम्वर खनालले कांग्रेसले जती पैसा खर्च गरे पनी चुनाव नजित्ने दावि गर्नु भयो । हामी एक भएका छौ । शक्ति शाली भएका छौ । लेखेर राख्नु मसिंर २१ गते पछी बिजय जुलुसमा हिडन तयार भएर वसे हुने दावि गर्नु भयो ।
कार्यक्रमा मन्जु चौधरी, गोपि पोख्रेल, वि वन्जाडे लागयतले सम्वोदन गर्नु भएको थियो । कार्यक्रम नरहरी भट्टराईको संचालन र देवि वेल्वासेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमले गाउ गाउमा प्रचारमा खटिन निर्दैशन दिएको छ ।













प्रतिक्रिया