२२ कार्तिक २०८३, आइतबार

कांग्रेसका नेता कार्यकर्ता एमालेमा प्रवेश, वाम गठबन्धनको बहुमत कुनै तागतले रोक्न नसक्ने

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– हिमलाल पराजुली

स्याङ्जा, २३ कात्तिक । स्याङ्जाको कालिगण्की गाउँपालिका आलमदेविमा बाम गठबन्दनको चुनावी अभियानको क्रममा आयोजित कार्यक्रममा नेपाली काग्रेसका एक दर्जन बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले केन्द्रिय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि साभा सदस्य उमेद्वार पद्मा अर्यालले खादा र माला लगाएर एमाले प्रवेश गराउदै नेकपा एमालेलाई अब कुनै पनि तागतले रोक्न नसक्ने बताइन ।

उनले सबै जनसमुदायलाई एमालेमा गोलबन्द हुन आग्रह गर्दै संविधान कार्यान्वयन र देशको विकासको लागि बाम गठबन्दनको बहुमत आवश्यक भएकोले जनतालाई गठबन्दनको पक्षमा उभिन आग्रह गरिन ।

बिर्घाको भुष्टुङमा नेपाली कांग्रेसले बुथ कब्जा गर्नको लागि प्रयोगा गर्ने युवाहरु एमाले प्रवेशले अब भने कांग्रेसको बुथ कब्जा कार्य रोकिने भएको छ । एमाले प्रवेश गर्ने युवाहरुले अब कुनै पनि हालतमा नेपाली कांग्रेसलाई बुथ कब्जा गर्न नदिने र जस्तो सुकै अवस्था आएपनि आफुहरु सामना गर्न तयार रहेको एमालेमा प्रवेश गरेका युवाहरुले बताए ।

प्रवेश गर्नेहरुमा युवा र शिक्षक रहेका छन् । प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसको गढ मानिदै आएको बिर्घाका पिताम्वर पाण्डे, गाविन्द पाण्डे, विक्रम पाण्डे, निल बहादुर राना, धन बहादुर राना, मनोज थापा, तारा थापा, केशव पाण्डे लगायतका रहेका छन् । चुनावि भेलामा एकीकृत नेकपा माओवादिका तर्फबाट २ नम्बर क्षेत्र प्रदेश सभा २का उमेद्वार सुर्यप्रसाद गैह्रे पारसले गठबन्दनको विजय निश्चित भएकोले कार्यक्रताहरुलाई उत्साहाका साथ चुनावी अभियानमा लाग्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एकाले लेखा आयोगका सदस्य ढाकाराम अर्याल, नेकपा माओवादीका ताराभुषाल कालिगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम थापा लगायतले बोलेका थिए ।