ललितपुर, २३ कात्तिक । इडेन गार्डेन सेकेण्डरी स्कुल चाकुपाट ललितपुरका प्रिन्सिपल अगस्टिन लामाको हराएको समान प्रहरीले उनलाई फिर्ता गरेको छ ।
बुधबार बेलुका ७ बजेतिर पुल्चोक कृष्ण गल्लीस्थित भाटभटेनीबाट कुमारीपाटी सम्म ट्याक्सी मार्फत जाने क्रममा लामाको नगदसहित विभिन्न अत्यावश्व सामान रहेको कालो ब्याग हराएको थियो । सो ब्यागमा लामाले प्रयोग गर्दै आएको सामसुङ मोबाइल, ३० हजार रुपैयाको चेक, नगद ३१ हजार ४१० रुपैयाँलगायतका अन्य महत्वपूर्ण कागजातहरु रहेको थियो ।
लामाले ब्याग हराएको सम्बन्धमा प्रहरीमा निवेदन दिएको थिए । प्रहरीले खोजतलासको क्रममा बा १ ज ७२९१ नम्बरको ट्याक्सी चालक राज कुमार लामालाई सम्पर्कमा ल्याई सो ब्याग लिएको हो । प्रहरीले सो ब्याग लामालाई हस्तान्तरण समेत गरिसकेको छ ।












प्रतिक्रिया