काठमाडौँ, २२ कात्तिक । केरुङ–पोखरा रेल ट्रयाकको अध्ययनको लागि पोखरा पुगेको चिनिया अध्ययन टोलीले केरुङबाट काठमाडौँ हुँदै पोखरासम्म रेल ल्याउन सम्भव रहेको बताएको छ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको थियो ।
स्थलगत अवलोकनपछि उनीहरुले रेल निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएको रेल विभागका प्रवक्ता प्रकाशभक्त शर्माले बताए । प्रस्तावित रेलमार्गको निर्माण सम्भव देखिएको उनीहरुको प्रतिक्रिया थियो । भोली (बिहीबार) सो टोलीले लुम्बीनीसम्मको भौगर्भिक अध्ययन गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।
केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली गत सोमबार काठमाडौं आएको थियो । नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र सो रेलमार्ग पर्दछ ।












प्रतिक्रिया