२२ कार्तिक २०८३, आइतबार

स्याङजा कांग्रेसका नेता लम्सालसहित पाँच जनाद्वारा पार्टी परित्याग

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङजा, २२ कात्तिक । नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधी दीपक लम्सालसहित पाँच जनाले पार्टी परित्याग गरेका छन् ।

मंगलबार स्याङजाको पुतलीबजारमा पत्रकार सम्मेलन गर्दै नेपाल महिला संघ केन्द्रीय सदस्य एवं पूर्व पार्टी सहसचिब नन्दकुमारी लम्साल, पुतलीबजार नगर सभापति बेदप्रसाद दोरंगा, तरुण तल वडा नं. १ अध्यक्ष दिनेश बराल, वडा नं. १३ अध्यक्ष देबेन्द्र थापाले पार्टी परित्याग गरेको घोषण गरेका हुन ।

‘कांग्रेस अराजक र ढुलमुले प्रवृत्तिका व्यक्तिको हातमा पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संकटको बेला दत्तचित्त भएर पार्टी जोगाउने पुराना त्यागी नेतालाई किनारा लगाएको छ ।’