१५ कार्तिक २०८३, आइतबार

भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? यतातिर ध्यान दिने की ?

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । कामदारलाई कानूनी रुपमा वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएका मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा लागेको पाइएको छ ।

भिजिट भिसामा कामदारलाई खाडी मुलुक पठाउने र उनीहरूबाट ठूलो रकम असुली गर्ने धन्दामा लागेको अभियोगमा प्रहरीले पान्डोरा टिम कर्पोरेसनका सञ्चालक ईश्वर भण्डारीलाई पक्राउ गरेपछि भिजिट भिसा चलाइरहेको गिरोहबारेको तथ्य सार्वजनिक भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

१६ जनालाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स पठाएर अलपत्र पारेको अभियोगमा केन्द्रीय अनुसन्धान व्युरोले बागलुङको हटिया घर भई पान्डोर टिम कर्पोरेसन मेनपावर सञ्चालन गरिरहेका भण्डारीसहित सोही मेनपावरका लागि एजेन्टको काम गरिरहेका विर्घमान गुरुङ, राजु घले र भानु ढकाललाई पनि पक्राउ गरेको व्युरोको प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।