काठमाडौं, २ कात्तिक । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित कार्यदलले अझै क्षेत्रको टुगो लगाउन सकेको छैन ।
कार्यदललाई ३ दिनको समय दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले ६०–४० को भागवण्डाको टुंगो लगाउन सकेको छैन । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
कार्यदलमा सहभागी एक नेताका अनुसार लगभग सहमति भएको छ । अब शीर्ष नेतासहित कार्यदलका नेताहरु बसेर अन्तिम टुंगो लाग्न बाँकी छ ।
असोज १९ गते बसेको शीर्ष नेताको बैठकले ३ दिनभित्र निर्वाचन क्षेत्र बाँडफाँड गर्न निर्देशन दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले क्षेत्रको टुंगो लगाउन सकेको छैन ।
वाम गठबन्धनबाट नयाँ शक्ति बाहिरिएर कांग्रेससँग चुनावी तलमेल गर्ने निर्णय गरिसकेको छ ।












प्रतिक्रिया