१५ कार्तिक २०८३, आइतबार

कहाँ बस्छन् अब माओवादी मन्त्रीहरू ? यति ठूलो अपमान !

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

‘मन्त्रीज्यूहरूलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ’, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा व्यवस्था गरिएको छ ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राज्यमन्त्रीलाई भने अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री कार्यालयको बैठक हलमा बस्ने व्यवस्था गरिएको छ ।

मुख्य सचिव क्षेत्रीले विनाविभागीय बनाइए पनि माओवादीतर्फबाट सरकारमा सहभागी मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा भने सहभागी हुन सक्नेछन् ।

उनले विनाविभागीय मन्त्रीहरूलाई मन्त्रिपरिषदमा छलफल हुने एजेन्डा पठाइने बताए ।