१५ कार्तिक २०८३, आइतबार

वाम गठबन्धनको बहुमत रोक्ने यस्तो छ कांग्रेसको तयारी

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । एक दशकपछि विजयकुमार गच्छादार नेपाली कांग्रेसमा फर्केका छन् ।

२०६४ माघ १८ गते कांग्रेसबाट अलग भएस मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गर्दे आएका गच्छादारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससंग पार्टी एकता गरेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

आईतबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवा र गच्छादारले पार्टी एकीकरण सहमतिपत्रमा हस्ताक्षर गरे पनि सोमबार अयोजित घोषणासभामा मात्र दुवै नेताले त्यसलाई सार्वजनिक गरे ।

सहमति पत्रमा मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकेल्ने प्रयत्न भईरहेकाले संविधानसभाबाट जारी संविधान र लोकतन्त्रलाई अझै मजबुद बनाउन पार्टी एकीकरण गरिएको उल्लेख छ ।

एकता सभामा नेता रामचन्द्र पौडेलले कम्युनिष्टले मुलुकलाई ध्रुवीकरण गर्दै अस्थिरतातर्फ लैजान लागेको बेला फोरम लोकतान्त्रिकसंगको एकीकरण सकारत्मक रहेको दावी गरे ।