काठमाडौं, २९ असोज । कुखुराको अण्डा पोषणको प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ ।
शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरूले रुची नदिने चिकित्सकहरूले बताएका छन् ।
खास गरेर १७ देखि २५ उमेरसम्मका युवतीले अण्डा खान रुची नदिने देखिएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
‘कसै–कसैका आमाबाबुले हामीलाई समेत लौन डाक्टर साप छोरीलाई अण्डा खाँदा हुने फाइदा बताइदिनुपर्यो भन्नुहुन्छ । निकै प्रष्टसँग फाइदाका बारेमा कुरा राखेपछि एकाध बल्ल तयार हुन्छन्’, नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षसमेत रहेका चिकित्सक डा भोजराज अधिकारीले भने ।
डा अधिकारीले भने, ‘यो उमेरका युवायुवतीलाई अण्डाले झन निकै फाइदा गर्छ । तर मोटाइन्छ भन्ने त्रासले उनीहरू अण्डा खाँदैनन् ।’
विश्व अण्डा दिवसका दिन शुरक्रबार भरतपुर (चितवन)मा आयोजना भएको कार्यक्रममा उनीहरूले यस्तो अनुभव सुनाएका हुन् ।












प्रतिक्रिया