
काठमाडौं, २९ असोज । गैरआवसीय नेपाली संघ (एनआरएन)को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन् ।
एनआरएन आईसीसी सदस्य र जापान शाखाको पूर्वमहासचिव रहेका थापा जापानी नागरिकलाई ठगेको अभियोगमा बिहीबार पक्राउ परेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।
पक्राउ थापा नेपाल पर्यटन बोर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन् ।
जापानको एक विद्यालयको शाखा नेपालमा खोल्ने प्रलोभन दिएर ७ करोड रुपैयाँ ठगी गरेको जापानी प्रोफेसरको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले थापालाई पक्राउ गरेको हो ।












प्रतिक्रिया