काठमाडौं, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विनाविभागीयमा सार्ने तयारी गरेका छन् ।
शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई सिधै हटाउन मिल्दैन ।
माओवादी केन्द्रले आफ्नो पार्टीका मन्त्रीलाई एक दुई दिनभित्र सरकारबाट फिर्ता नबोलाए उनीहरूलाई बिनाबिभागीयमा सारेर उपप्रधानमन्त्री थापासहित राप्रपाका चार मन्त्रीलाई मन्त्रालय तोक्ने तयारी भएको बालुवाटार स्रोतले जनायो ।












प्रतिक्रिया