१५ कार्तिक २०८३, आइतबार

दार्जिलिङमा गोली हानाहान, एकजना प्रहरीको मृत्यु

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । नेपालीभाषी गोर्खालीहरूको बसोबास रहेको भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार भएको गोली हानाहानमा एक जना प्रहरी अधिकारीको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ ।

उक्त घटनामा धेरै प्रहरी तथा गोर्खाल्यान्डका लागि आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका नेता कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई खोज्दै उनी बसेको स्थानमा प्रहरी पुग्दा उनका अंगरक्षक र प्रहरीबीच गोली हानाहान भएको हो ।