बाँके, २३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल का सह–महामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्रले पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र नं. २ बाट सूर्य चिह्नमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगेका छन् ।
तीनजना बाहलवाला सांसदलाई सिफारिस सूचीमा नपारेको एमाले बाँकेले मिश्रलाई भने एकल उम्मेदवाका रुपमा अघि सारेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
मिश्रलाई उम्मेदवार बनाउनु एमलेको बाध्यता होला त्यसले भुँईचालो भने राजपा ल्याएको छ ।
५ नम्बर प्रदेशको तराई क्षेत्र नवलपरासीदेखि बाँकेसम्म राजपाभित्र थुप्रै ठाउँमा यस्तो भुँईचालो गएको छ ।
जसको कम्पनले समग्र प्रदेशको राजनीतिलाई तरंगित बनाएको छ ।












प्रतिक्रिया