२१ कार्तिक २०८३, शनिबार

सिम्रौनगढमा कांग्रेस र राजपा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, ७ असोज । सिम्रौनगढ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विजयशंकर यादवले जित हात पार्नुभएको छ ।

यादवले पाँच हजार १३५ र निकटतम प्रतिद्वन्द्वी राजपाका किशोरी साह जयसवालले पाँच हजार ११५ मत ल्याउनुभएको छ । साहलाई कांग्रेसले टिकट नदिएपछि पार्टी परिवर्तन गरी राजपाबाट उठ्नुभएको थियो ।

उपप्रमुखमा राजपाकी मीरा देवीले कांग्रेसकी रीताकुमारी देवीलाई उछिन्दै पाँच हजार ५१४ मतसहित जित हात पार्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी का“ग्रेसकी रीता कुसवाहाले तीन हजार ९१७ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत चन्द्रबहादुर सिजाइलीले जानकारी दिनुभयो ।

विश्रामपुरमा लोकतान्त्रिक फोरम

विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । पार्टीले बारामा पहिलो पल्ट खाता खोलेको हो ।

फोरमका अमिरीलाल राउतले तीन हजार ६ सय २६ र उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जुल्लेफेकार अलि भुटोले एक हजार ५१२ मत ल्याएका थिए ।

त्यसैगरी उपाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमकी सुमित्रादेवी साहले दुई हजार ३१४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाकी मधुमाया यादवले एक हजार २६० मत ल्याउनुभएको छ ।