२१ कार्तिक २०८३, शनिबार

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ मत प्राप्त गरी विजयी हुनुभयो ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार शेखका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विपिनदेव यादवले दुई हजार १८० मत र कार्कीका निकटम प्रतिद्वन्दद्वी रिंकी यादवले एक हजार ९६५ मत प्राप्त गर्नुभएको थियो ।
जनकपुर उपमहानगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवकुमार साह २५२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका श्याम झाले २४० मत प्राप्त गर्नुभएको थियो । रासस