काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मानित भएका छन् ।
बुधबार बुढानिलकण्ठ नगरपालिकास्थित गणेश माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अविभावक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा पूर्वमन्त्री थापालाई राष्ट्रपति भण्डारीले सम्मान गरेकी हुन् ।
सांसद थापालाई विद्यालयको भौतिक एवं शैक्षिक क्षेत्रमा योगदान पु-याएबापत राष्ट्रपति भण्डारीले सम्मान गरेको बताइएको छ ।
तस्बिरः प्रदीपराज वन्त, रासस













प्रतिक्रिया