काठमाडौं, ४ असोज । नखाएको विषले पोलेपछि जीवनका पछिल्ला तीन वर्ष उनले तनावपूर्ण अवस्थामा झेले । नखाएको विष लाग्ने कुरै थिएन । चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत कर्मचारी युनियनका साथै नेपाली काङ्गेस निकट नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपक मुडभरीले सफाइ पाएका छन ।
तीन वर्ष अगाडि उनी अहेवका रुपमा वीर अस्पतालमा कार्यरत रहेकै अवस्थामा उनीमाथि झूठा लाच्छना लगाई डा मनोज कुमार साहले मुद्धा दायर गरेका थियो । सो मुद्धालाई खारेज गर्दै अस्ति सोमबार उच्च अदालत पाटनले अ हे ब अधिकृत छैटौ तहका कर्मचारी दीपक मुडभरीलाई सफाइ दिएको छ । उच्च अदालत पाटनका न्यायधिश प्रेम राज कार्की र शेखर पौडेल को सयुंक्त डइजालसबाट मुडभरी लाई सफाई पाएका हुन ।
७१ साल माघ २६ गतेका दिन डा मनोज कुमार साहले आफूलाई डाक्टर बनाइदिने भन्दै राजेश कहर, रवि पौडेल र दिपक मुडभरीले वीर अस्पतालको भर्ना किर्ते कागज देखाएर ६० लाख भन्दा बढी रकम ठगी गरेको भन्दै तत्कालीन हनुमान ढोका प्रहरीमा उजुरी दिएका थिए । र त्यहाँका प्रहरी प्रमुख पुस्कर कार्की ले मुडभरि लगायतका अन्य दुई जनालाई समेत प्रकाउ गरी काठमाडौँ अदालतमा मुद्दा दर्ता गरेको थियो । सो समयमा जिल्ला अदालतले ठगीमा संग्लग्न रहेको भन्दै झूठो फैसला गरी जरिवाना तिर्न आदेश दिए पछि उक्त आदेश चित्त नबुझी उनी पाटन उच्च अदालतको साहरा लिन पुगेका थिए ।
पाटन उच्च अदालत ले कीर्ते कर्ममा डा मनोज साह आफैं सग्लग्न रहेको र यसमा दीपक मुडभरीको कुनै संग्लगनता नरहेको भनिएको छ । उसो त सरकारी छाप कीर्तेमा यस अगाडि नै जिल्ला अदालतले मुडभरीको कुनै संग्लगनता नरहेको भनेको थियो । हिजो मात्र उच्च अदालत पाटनले समेत ठगी कर्ममा समेत मुडभरी को कुनै सङ्लगता नरहेको भन्दै सफाई दिएको हो ।













प्रतिक्रिया