– राजकुमार ओली
विर्तामोड, ३ असोज । झापाको विर्तामोडमा राजमार्ग अतिक्रमण गरि बनाइएका भौतिक संरचना भत्काउन थालिएको छ ।
स्थानीयबासी तथा व्यापारीको दवावको परवाह नै नगरि सडक मिचेर बनाएको भौतिक संरचना भत्काउन थालिएको विर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए ।
स्थानिय निर्वाचनमा उमेद्दबारले गरेको बाचा मुताविक आफूहरुले विर्तामोडमा देखिने गरिको काम सुरु गरेको प्रवक्ता अग्नी पाण्डेले जानकारी दिदै अब विर्तामोडका अतिक्रमण गरि बनाएका राजमार्गका सबै भौतिक संरचना भत्काइ जनतालाइ अनुभुति हुने गरि परिवर्तन गरिने बताउनु भएकोहो ।
विगत लामो समयदेखि विर्तामोड अस्तव्यस्त भएपनि आटिलो नेतृत्व नआएको कारणले असहज बन्दै गएको पुर्वका व्यस्त बजार विर्तामोड तहसनहस भएको अनुभुति जनताले गरेका थिए अव भने विर्तामोडको मुहार फेरिनेमा आफूहरु आसाबादी रहेको स्थानिय वासीहरुले बताएका छन ।
अभियान सडक विभागसँग सहकार्य गरि विर्तामाड नगरपालिकाले सञ्चालन गरिरहेको हो । विर्तामोडलाई हराभरा बनाउने मेयर ध्रुव सिवाकोटीको दिवा सपना साकार पार्न पनि यो कार्यले कतिको बल पुग्छ हेर्न भने बाँकी नै छ । चर्काे दवाव लाइ थेग्न जनप्रतिनीधिले कतिको सक्छन त्यसमा विर्तामोडका मुहार परिवर्तन सम्भव रहेको देखिएको छ ।














प्रतिक्रिया