काठमाडौं, ३ असोज । राष्ट्रिय एकता पार्टीले नेपालको संविधान २०७२ लाई खारेज गरेर ०४७ सालकै संविधानलागु गर्नुपर्ने माँग गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमाउक्त पार्टीले ‘२०७२ को कथित संविधान विरुद्ध’ आयोजना गरेको पत्रकार सम्मेलनमा सो पार्टीले प्रमुख दलहरुको मिलेमतोमा कथित संविधानजारी गरिएको भन्दै त्यसलाई तत्काल खारेज गर्नुपर्ने माँग गरेको हो ।
पार्टीका अध्यक्ष शरदचन्द्र दाहालले नेपालको ईतिहाँस बोकेको राजसंस्थालाई अन्यायपूर्ण तवरले फ्याँकिएको आरोप लगाए । उनले भने,‘त्यतिबेला अन्तरिम संविधानलागु गर्नु नै हुँदैन थियो, तर अन्तरिम संविधानजारी गरेर गम्भिर गल्तीगरियो, संविधानको ठाउँमा अन्तरिम शासनव्यवस्थालागु गर्नुपर्दथ्यो, त्यहाँनिर गम्भिर गल्तीभएको छ, नेपालको ईतिहाँसमा यो भन्दा ठूलो भुल अरु केहीहुन सक्दैन्।’
दाहालले तत्कालिनमाओवादीसँग बृहत्तशान्ति सम्झौताको नाममाभारतमा १२ बुँदे सम्झौतागरिनु पनिअर्को ठूलो महाभुल भएको टिप्पणी गरे । उनले भने,‘०७२ सालको भुँईचालोको फलस्वरुप प्राप्त संविधानलाई हाम्रो पार्टी, राष्ट्रिय एकता पार्टीले खग्रास चन्द्रग्रहण भनी घोषणा गरेकोछ, जनसाधारणको भाषामाजनउपेक्षित यो कालो संविधानहो ।’ त्यस्तै उनले यो संविधानलाई नेपाली सभ्यता संस्कृतिको कालो धब्बाको समेत संज्ञा दिए ।
उनले आफ्नो पार्टीले आजको संविधानदिवसलाई कालो दिवसको रुपमा मनाएको समेत जनाए । उनले थपे, ‘शासकहरुले जति नै तामझाम गरी यो संविधान दिवस उत्सव मनाए जनतालाई हर्ष न विश्मात हो।’
संविधानप्रति कडा आक्रोश पोख्दै उनले अघि भने, ‘जनस्तरको दैनिकिमा बदलाब ल्याउननसक्ने संविधान एक थानकागजको खोष्टो भन्दा केही होईन्, महँगी कालोबजारी, बेरोजगारी र नयाँखाले द्धन्द्धको बढोत्तरी गर्ने यो संविधानखारेजको भागी छ।’अध्यक्ष दाहालले अहिलेको नयाँ संविधान ०४६ सालको सन्तुलित भावनाविपरित भएको आरोप लगाउँदै आफ्नो पार्टीले ०४७ को संविधान पूर्नस्थापनाको माग गरेको जानकारी दिए ।
दाहालले दलहरुले जारी गरेको नयाँ संविधान कुनैपनिहालतमा कार्यान्वयन हुननसक्ने तर यदिकथम कदाचित लागु भएमुलुकमा गृहयुद्ध अवश्यम्भावी रहेको दाबी गरे । उनले थपे, ‘हामी मिलेर बसेको नेपालीहरुवीच फाटो र बिग्रहल्याउने संविधान किन आवश्यक पर्यो र ?अथवा यस्तो भनौं ०४७को संविधानको बिस्थापनको जरुरी किनभयो ? ०७२ को संविधान निर्माणको औचित्य पुष्टि हुननसकेकोले आजकालो दिन घोषणा गर्नु परेको हो, यो राजनैतिक अतिरञ्जना होईन्।’
कार्यक्रममा पार्टीका उपाध्यक्ष मुकुन्द प्रसाद अधिकारीले मुलुकमा यस्ता खाले समस्याहरु आउनुमाकथितदलहरु रहेको बताउँदै असन्तुष्टि पोखे । उनले भने,‘मुलुक अहिले आक्रान्त बनेको छ, हाम्रो देश यस्ता विविध असपलता र जर्जरताबाट आक्रान्तबनेको छ, जनदैनिकिमा जटिलता यसकाकारण र उत्पादक १२ बुँदे वालाहरु हुन्, हामी १२ बुँदेबाट गुमेको हाम्रो स्पेश फिर्ता लिएर जनतालाई सार्वभौम बनाउन चाहन्छौं।’
पार्टीद्धारा जारी गरिएको प्रेस वक्तव्यमाभनिएको छ,‘यो संविधानअविलम्बखारेज गरिनुपर्दछ, लगत्तै सर्वपक्षीय संविधान लेखिनुपर्दछ जहाँ राजसंस्था र हिन्दूअधिराज्य स्विकृत हुनुपर्दछ।’ विज्ञप्तीमा थपभनिएको छ,‘आजधर्म–संस्कृतिप्रति आक्रमण गर्ने, जातिय विद्दद्धेष फैलाउने, छिमेकीप्रति असमान व्यवहार गर्ने यो संविधानका मान्य सिद्धान्त प्राविधिक रुपले दोषमुक्त छैन, हाम्रो घरेलु तथा वैदेशिक नीति अत्यन्तै हस्तक्षेप भागीविभेदकारी बनाएको छ, ०७२ को संविधानले, यसकारण पनि यो संविधान कार्यान्वयनमा आउन सक्दैन्।’
कार्यक्रममा मणिराज सत्याल, पार्टीका सह–महामन्त्री सुन्दरमणि न्यौपाने, मीनराज गुरुङ्, रविपौडेल, प्रेम प्रसाद संग्रौला, शंकर पौडेल पत्रकार महासंघका संस्थापक सदस्य सुर्य नेपाललगायतले आफ्नो मन्तब्य राखेकाथिए । उनीहरुले अहिलेको संविधानले मुलुकलाई निकास दिननसक्ने बताएकाथिए । त्यस्तै कार्यक्रममा महामन्त्री नब पन्तले प्रेस वक्तव्य बाचन गरेका थिए ।













प्रतिक्रिया