काठमाडौं, ३ असोज । नेकपा एमालेका उपमहासचिव विष्णू पौडेलले संविधान निर्माणमा अवरोध गर्नेहरुले आफूले बनाएको भनेर जस लिनु उपयुक्त नहुने बताएका छन् ।
दोस्रो संविधान दिवसको अवसरमा राजधानीमा आयोजित ‘संविधानको कार्यान्वयन र समृद्धिको दिसा’ विषयक विचार गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै नेता पौडेलले संविधान निर्माणका भाँझो हाल्ने सुशील कोइराला संविधान पिता हुनैनसक्नेस्पष्ट पारे ।
‘सुशील कोइराला संविधानका पिता होइनन्, संविधान निर्माणका अवरोधक हुन,’ पौडेलले भने– ‘तत्कालीन राष्ट्रपति रामबरण यादब आफू नगएपनि संविधान सभाबाट संविधान जारी गरि छाड्ने सूचना पाएपछि मात्र आतिथ्यता ग्रहण लागि संविधानसभामा आएका हुन् ।’
कार्यक्रममा एमालेका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।














प्रतिक्रिया