२१ कार्तिक २०८३, शनिबार

वीरगञ्ज महानगरपालिकामा मतगणनाको सुरु हुँदै, सुरक्षा व्यवस्था कडा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ३ असोज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा मतगणनाको तयारी भइरहेको छ । यहाँ अहिले १२ बजेर १५ मिनेटपछि मत गन्न सुरु हुनेछ ।

बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ः३० मा मतगणना सुरु गरिने भनिए पनि दलहरुले आफ्ना प्रतिनिधि पठाउने क्रम जारी रहेकाले ढिलाई भएको हो । प्रदेश नम्बर दुईको एक मात्र वीरगञ्ज महानगरको मतगणनाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आदर्शनगर ठाकुरराम क्याम्पसमा हुने मतगणनाका लागि सीसीटीभी क्यामेरा समेत प्रयोग गरिएको छ ।