२१ कार्तिक २०८३, शनिबार

शान्तिनगरमा टाटाले पैदल यात्रुलाई किच्यो, उपचारका क्रममा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असोज । गएराति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ ।

चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका क्रममा बा७च ६२०७ नं को टाटा मोबाइलले ठक्कर दिई गम्भीर घाइते भएकामा उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालक प्रहरी नियन्त्रणमा छन् । रासस