बाजुरा, ३ असोज । बाजुरा क्याम्पसमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्न क्याम्पस स्ववियु कमिटीले पहल सुरु गरेको छ । क्याम्पस स्ववियु सभापति चेतन अयडीको अगुवाईमा पुस्तक संकलन गर्न पहल सुरु गरेको हो ।
अयडी नेतृत्वको टोली यतिबेला काठमाडौंमा पुस्तक संकलनमा सक्रि भएर लागि परेको छ । दुर्गमको क्याम्पसमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गरि विद्यार्थीको चौतर्फि विकासमा सहयोग पुर्याउन लक्ष्य सहीत अभियान सञ्चालन गरिएको स्ववियु सभापति चेतन अयडीले बताए ।
पाठ्यक्रम बाहेकको शिक्षा आर्जन गर्न पाउँदैनन्, नयाँ पुरा, साहित्य र अरु भाषाको पुस्तक पढ्न जिल्ला बाहिर जानु पर्ने बाध्यता छ । सबैले किनेरै पढ्ने हैयित राख्दैनन्, त्यस कुरालाई ध्यानमा राखेर पहल सुरु गरिएको हो, अयडीले भने ।
क्याम्पस प्रति विद्यार्थीको आकर्षण बढाउनु र उनीहरुलाई चौतर्फी ज्ञान आर्जनको वातावरण निर्माण गरि दिनु हाम्रो पहिलो उद्देश्य हो, जित पूर्वको बाचा पनि सुविधा सम्पन्न पुस्तकालय बनाउनु भएकोले त्यसैको आधारमा अघि बढेको सभापति अयडीले थपे ।
हाल बाजुरा क्याम्पसमा ५ सयको संख्यामा विद्यार्थी अध्ययनरत छन् । शिक्षा, मानवीकी र व्यवस्थापन संकायमा अध्ययन भईरहेको छ । पढ्न समय बाहेक पनि पुस्तकालय मै विद्यार्थी झुण्डीनका लागि र बहु प्रतिभा बनाउन पनि पुस्तकालय आवश्यक हो, त्यसको पहल क्याम्पसकै तर्फबाट पनि भईरहेको छ, स्ववियुले संकलन नै सुरु गरेको क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डितले बताए ।
सामुदायिक क्याम्पस भएकोले सबै संरचना र सुविधा आर्थिक खर्चबाटै व्यवस्थापन गर्न सक्ने अवस्था छैन् । अरुसँगको सहकार्य र सहयोगबाटै हुने हो, स्ववियुले गरेको प्रयास सबैको सहयोगबाट पुरा हुने विश्वास छ, क्याम्पस सञ्चालक समिति अध्यक्ष तुलाराम जैशीले बताए ।
स्ववियुले हालसम्म काठमाडौंका विभिन्न पुस्तक पसल तथा प्रकाशन हाउसबाट १५ सय बढी संकलन गरिसकेको बताएको छ । पुस्तकालयमा क्याम्पस पाठ्यक्रम सहीत नेपाली हिन्दी अंग्रेजी साहित्यका पुस्तक, उपन्यास पत्रपत्रिका राखिने बताइएको छ । स्ववियुका तर्फबाट अयडीले पुस्तक संकलन कार्यमा सहयोग गरिदिन पनि विशेष अनुरोध गरेका छन् ।













प्रतिक्रिया