२१ कार्तिक २०८३, शनिबार

प्रधानन्यायाधीश पराजुली जापानमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो (जापान), २ असोज । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली जापान आउनु भएको छ । एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलनमा भाग लिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश पराजुली जापान आउनुभएको हो ।

प्रधानन्यायाधीशहरुको १७ औँं सम्मेलनमा भाग लिन सर्वोच्च अदालतका पराजुलीसहित मुख्य रजिष्टार नहकुल सुवेदी, भक्तपुर जिल्ला अदालतका न्यायाधीश विदुर कोइराला, डेपुटी रजिष्टार रामप्रसाद पौडेल पनि आउनुभएको छ ।

आजदेखि सुरु भई चार दिनसम्म जारी सम्मेलनमा न्यायपालिकाको कार्यलाई सुढृण बनाउने, जनविश्वास अभिवृद्धिका लागि अन्य देशमा भइरहेको प्रयास र अदालतको जनशक्ति सुधारमा हुनसक्ने प्रयासबारे छलफल हुनेछ ।

त्यस्तै, सम्मेलनमा अदालतको दक्षता अभिवृद्धि र पछिल्लो समयमा बढ्दै गएको पारिवारिक न्यायका विषयमा अदालतको भूमिका र नेपालले गरिरहेको पहल तथा छिमेकीमूलुक भारत, चीन र जापानलगायतका विकसित देशले भावी न्यायालयमा अवलम्बन गर्ने व्यवस्था, प्रधानन्यायाधीशको भूमिकासहित पारिवारिक न्यायलयका बारेमा छलफल हुनेछ ।

पराजुलीसहितका चारजनालाई आज बिहान जापानस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले स्वागत गर्नुभएको थियो । रासस