काठमाडौं, १ असोज । देश निर्माणका लागि काँग्रेस निर्माण हुन जरुरी भएको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बताएका छन् ।
काँग्रेस निर्माण हुन काँग्रेसका हरेक कार्यकर्ताले इमान र नैतिकताको राजनीति गर्न जरुरी भएको महरको भनाइ छ । उनले अब आउने मंसिरको निर्वाचन काँग्रेस काँग्रेस निर्माण गर्ने सुनौलो अवसर भएको पनि बताए ।
नेपाली काँग्रेस पाँचथर काठमाडौं सम्पर्क समितिद्वारा आयोजित दसैं शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महरले देश निर्माण गर्न जल, जडीबुटी र पर्यटनजस्ता अवसर नेपालमा भएको बताए । उनले त्यसको परिचालनका लागि संसारमै बढी युवा भएको देश पनि नेपाल भएको जिकिर गरे ।
तर नेपालको युवा शक्ति कतार, दुबैजस्ता देशमा हप्ताको दुई लिटर पानी लिएर भेडा चराउन बाध्य भएकाले त्यो शक्तिलाई देशमै रोजगारमुलक शिक्षाको व्यवस्था गरेर रोक्नुपर्ने चुनौति रहेको बताए ।
बेरोजगारी, शिक्षा र गरिबी हाम्रा समस्या भए पनि ती समस्यासँग पौठोजोरी खेल्नसक्ने युवाशक्ति र प्राकृतिक स्रोत हामीसँग भएकाले राजनीति अवधारणा सकारात्क बनाएर अघि बढ्न सकिने महरले बताए ।
देशभित्रका अवसर र सम्भावनालाई सदुपयोग गरी समृद्धिको यात्रामा लग्न सबल काँग्रेस चाहिने उनले बताए । त्यसका लागि अबको दुई महिना दसैं, तिहार र छठ नभनी काँग्रेस सुभचिन्तकले सातवटै प्रदेश, स्थानीय तह र केन्द्रमा काँग्रेसको सरकार निर्माणको महाकुभ्भमा होमिनुपर्ने बताए । उनले चाडवाडकै रुपमा काँग्रेस जिताउने अभियानमा लागेर देसमा सबल, सक्षम काँग्रेस निर्माण गरेर देसको उन्नतीको बाटोमा सबै जुटुनुपर्ने आग्रह गरे ।












प्रतिक्रिया