२१ कार्तिक २०८३, शनिबार

होटेलको काउन्टरबाट पैसा चोर्ने बगाले पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । महानगरीय प्रहरी वृत्त लैनचौर काठमाडौंले होटेलबाट चोरी गर्ने मुक्तिनाथ बगालेलाई पक्राउ गरेको छ ।

ठमेल सातघुम्तीस्थित एक होटलको काउन्टरबाट गोरखा जिल्ला भीमसेन– ५ स्थायी घर भएका बगालेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

बगालेले होटेलको काउन्टरबाट १ लाख ५० हजार चोरी गरेको प्रहरीले जनाएको छ ।

चोरी गरेपछि बगाले काठमाडौंको कपुरधारास्थित आफ्नो डरामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी भनाइ छ ।