२१ कार्तिक २०८३, शनिबार

परासी र नवलपुरमा अनेरास्ववियुका जिल्ला कमिटी गठन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ३१ भदौ । नवलपरासी जिल्ला टुक्रिएसँगै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु नवलपरासीले पनि दुई वटा जिल्ला कमिटि निर्माण गरेको छ ।

अनेरास्ववियु जिल्ला कमिटि नवलपरासीको आज सदरमुकाम परासीमा बसेको बैठकले प्रदेश नं. ५ नवलपरासी परासी क्षेत्रमा जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरे र प्रदेश नं ४ नवलपरासी नवलपुर क्षेत्रमा जिल्ला सचिव ठाकुर पराजुली संयोजक रहने गरि छुट्टा छुट्टै जिल्ला कमिटि गठन गरिएको अनेरास्ववियुले जनाएको छ ।

प्रदेश नं ४ मा पर्ने नवलपुरको संयोजकमा सिनियरको हिसावले उपाध्यक्ष नारायण ढकाल संयोजक हुनुपर्ने भएपनि ढकालले आफुले समय दिन नसक्ने भन्दै लिखित पत्र दिएपछि सचिवलाई संयोजक तोकिएको हो ।

२२ महिना अघि भुमहीमा भएको जिल्ला अधिवेशनले शुसान्त शर्मा घिमिरेको अध्यक्षतामा जिल्ला कमिटि गठन भएको थियो । नेकपा एमाले पाँच नम्बर प्रदेश कमिटिका सदस्य भगवति भण्डारीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको सो बैठकमा विशेष अतिथि अनेरास्ववियु राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रमेश रेग्मी लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको जिल्ला सदस्य नेल्सन सुवेदीले बताउनुभयो ।