२१ कार्तिक २०८३, शनिबार

सञ्चय कोषको ५६औं स्थापना दिवसमा संचयकर्ताका लागि नयाँ योजना सार्बजनिक

19.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३१ भदौ । कर्मचारी सञ्चय कोषको ५६औ स्थापना दिवसको अवसरमा कोषले आफ्ना संचयकर्ताका लागि बिभिन्न नयाँ योजनाहरु सार्वजनिक गरेको छ ।

कोषले निजामति,नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी,सार्वजनिक संस्थान, संगठित क्षेत्रका कर्मचारी र सामुुदायिक तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरु समेत गरी ५ लाख ५० हजार भन्दा बढी सञ्चयकर्ताहरुको करिव रु २५३ अर्ब ९८ करोड सञ्चयकोष रकमको अझै प्रभावकारी व्यवस्थापनका लागि बिभिन्न योजनाहरु सार्वजनिक गरेको जनाएको छ ।

कोषले स्थापना दिवसको अवसरमा सञ्चयकर्ताहरुको लागि केएसके स्मार्ट सेवा नामक मोबाइल एप्लिकेशनको शुरुवात गरेको जनाएको छ । यसको प्रयोगको लागि संचयकर्ताले आफ्नो नजिकको कोषको कार्यालयमा सम्पर्क राखि युजर नेम र पासवर्ड लिइसकेपछि आफ्नो स्टेटमेन्ट, बिशेष सापटी र खाता ब्यवस्थापन सम्बन्धी सुविधाको उपयोग गर्न सकिने जनाइएको छ ।

कर्मचारी संचय कोषले आफ्ना संचय कर्तालाई सामाजिक सुुरक्षा कार्यक्रम अन्तर्गत कोषले मृतक सञ्चयकर्ताको हकवालालाई काजकिरिया अनुुदान, दुुर्घटना क्षतिपूूर्ति रकम, कर्मचारी कल्याण योजना, सञ्चयकर्ता औषधोपचार सहयोग कार्यक्रम, सुुत्केरी तथा शिशुु हेरचाह कार्यक्रम तथा सापटी सुविधा अन्तर्गत विशेष सापटी,घर सापटी, घर मर्मत सापटी र शैक्षिक सापटी लगायतको सुबिधाहरु प्रदान गर्दै आएको छ ।
यस्तै कोषबाट ऋण लगानी गरेका विभिन्न कम्पनीहरुको शेयरमा सञ्चयकर्ताहरुलाई सहभागीता गराइएको (अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा शेयर प्रदान भई सकेको र चिलिमे जलविद्युत आयोजनाबाट प्रवद्र्धित ३ परियोजनामा शेयर प्रदान गर्ने प्रकृयामा रहेका छ भने कर्मचारी सञ्चयकोष, विद्युत प्राधिकरण, विद्युत उत्पादन कम्पनि बाट प्रवद्धित ४८८ मे.वा.को बेतन कर्णाली सञ्चयकर्ता हाईड्रोपावर कं.लि. मा सञ्चयकर्ताहरुको ४० प्रतिशत शेयर लगानी गर्ने गरी कम्पनीको स्थापना गरिएको) छ ।

यस्तै कर्मचारी सञ्चय कोष शाखा कार्यालय बुुटवलले आर्थिक वर्ष ०७३÷७४ मा सेवा निवृत्त १७ सय ८३ सञ्चयकर्तालाई रु. २९ करोड ४८ लाख ८९ हजार रुपैंया भुुक्तानी गरेको छ ।

कोषले ४५ जना मृतक सञ्चयकर्ताका हकवालालाई रु. १३ लाख ४५ हजार काजकिरिया खर्च, दुुर्घटनामा परी मृत्युु हुुने मृतकका ६ जना हकवालालाई रु. ६ लाख ४० हजार रुपैंया उपलब्ध गराएको छ । त्यस्तै सुुत्केरी तथा शिशुु हेरचाह कार्यक्रममा १४७ जनालाई रु. १ करोड १० लाख ७० हजार, स्वास्थ्य उपचार सहयोग कार्यक्रम अन्तर्गत ३ जनालाई रु. १ लाख ६ हजार ९ सय अनुुदान भुुक्तानी गरेको कोषका बुटवल शाखा प्रमुुख टोपा राम पण्डितले जानकारी दिनुभयो ।

यस्तै कोषले सञ्चयकर्ता ऋण सुुविधाअन्तर्गत विशेष सापटीमा १० हजार पाँच सय एघार सञ्चयकर्तालाई रु. १ अर्व ३० करोड ८२ लाख , घर सापटी बापत १६८ जनालाई रु. २३ करोड १० लाख ३९ हजार,शैक्षिक सापटी बापत रु. ११ जनालाई १ करोड ३६ लाख ८० हजार र घर मर्मत सापटी बापत २३ जना लाई रु.३ करोड १९ लाख ९६ हजार रुपैंया भुुक्तानी गरेको उहाँले जानकारी दिनुभयो । कर्मचारी सञ्चय कोष ऐनको नवौं संसोधनमा १ वा १ भन्दा वढी कार्यरत कर्मचारीको संचय कोष कट्टा गर्ने व्यवस्था भए वमोजिम गत आ.व. मा १२ ओटा नयाँ कार्यालय ले सम्झौता गरी कोषमा आवद्ध भएका छन् ।

कोषको स्थापना दिवश पारेर शाखा कार्यालय वुटवल अन्तरगतका कर्मचारीहरुबिच विविध खेलकुद कार्यक्रम सम्पन्न भएको र आजे बुटवल उपमहा न.पा.–२, तल्लो फुलवारी स्थित श्री सिद्धवावा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई सम्मान तथा फलफूल वितरण गरिएको थियो ।