२१ कार्तिक २०८३, शनिबार

प्याब्सनका पूर्वअध्यक्षको ‘एसएबी’ स्कूलमा पैसा असुल्ने नयाँ उपाय

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । निजी विद्यालयहरूको साझा संस्था प्याब्सनका पूर्वअध्यक्ष लक्ष्यबहादुर केसीद्वारा सञ्चालित सूर्योदय फाउण्डेशन अन्तर्गतको ‘एसएबी’ पब्लिक स्कूलले विद्यार्थीसँग फिल्म देखाउने नाममा अनावश्यक शूल्क लिएको खुलासा भएको छ ।

‘वर्ल्ड कप इन नेपाल’ नामक फिल्मका लागि ‘एसएबी’ स्कूलले प्रतिविद्यार्थी ७० रुपियाँ लिएको हो । विद्यालय प्रशासनले अभिभावकहरूलाई पत्र पठाएर फिल्म हेर्नका लागि बाध्य पारिएको थियो ।

‘वर्ल्ड कप ईन नेपाल’ दर्शकले नरुचाएको फिल्ममा पर्छ । फिल्म निर्माण पक्षले लगानी असुल्नका लागि विद्यालयहरूलाई प्रभावमा पार्दै आएको आरोप अभिभावकहरूको छ ।

‘राष्ट्रियता झल्कने मार्मिक नेपाली चलचित्र ‘वर्ल्ड कप ईन नेपाल’ यस विद्यालयमा देखाउने निर्णय भएको हुँदा उक्त चलचित्र हेर्नका लागि आफ्ना नानीबाबुहरूमार्फत रु ७० कक्षा शिक्षकहरूलाई बुझाइ दिनु हुन अनुरोध छ’, पत्रमा उल्लेख छ ।

सो फिल्मलाई ‘एसएबी’ स्कूलमा झण्डै दुई घण्टा पठन पाठन बन्द गरेर साउन १० गते मंगलबार देखाइएको थियो । रु ७० नतिरेका विद्यार्थीलाई अपमान गरेर कक्षा कोठामा राखिएको थियो ।

तीन वटा विद्यालय सूर्योदय, आनन्द भूमि र ब्लु स्काई मिलेर बनेको ‘एसएबी’ पब्लिक स्कूलको व्यवस्थापन र पढाइको गुणस्तर खस्किएको भनेर अभिभावकहरूले गुनासो गरिरहेका बेला शूल्क लिएर विद्यालयभित्रै फ्लप फिल्म दखाउने कार्यको चौतर्फी विरोध भएको छ ।