२१ कार्तिक २०८३, शनिबार

गाउँपालिकाको नाम परिर्वतनः वृद्धवृद्धालाई चाडपर्व बिशेष भत्ता दिने निर्णय

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

– कृष्ण ओली

बाजुरा, २५ भदौ । जगन्नाथ गाउँपालिकाले ७५ बर्ष माथिका वृद्धवृद्धालाई चाड पर्व बिशेष भत्ता दिने निर्णय गरेको छ । वृद्धवृद्धाको सम्मान स्वरुप दशै तिहार लगायत स्थानीय बिशेष महत्वका पर्वहरुमा प्रतिव्यक्ति ३ हजारका दरले भत्ता दिने निर्णय गरेको अध्यक्ष कालीबहादुर शाहीले बताए ।

पहिलो गाउँ सभाबाट उक्त निर्णय गरिएको हो । पाण्डबगुफा गाउँपालिकाको पहिलो गाउँ सभाले नाम पनि परिवर्तन गरेको छ । गाउँ सभाबाट नाम परिर्वतन गरी जगन्नाथ गाउँपालिका राख्ने र गाउँपालिकाको केन्द्र जुड्डीमा राख्ने निर्णय गरेको छ ।

गाउँपालिकाले कृषि तथा अन्न बाली उत्पादनका लागि मौसम अनुकुल कृषि बालीमा जोड दिने, पशुपालन तथा फलपूmल खेती तर्फ जोड दिने, निर्वाहमुखि कृषि प्रणालीलाई ब्यवसायीकरण र आधुनीकीकरण गर्ने नीति अबलम्बन गर्ने निर्णय गरेको छ ।

एक घर एक करेसा बारी पकेड क्षेत्र निर्धारण, प्राङगारिक मलको प्रयोग बाली तथा कृषि बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । गाउपालिकाको डकुमेन्टी निमार्ण गर्ने, सामाजिक सञ्जालको प्रयोग गरी पर्यटन प्रवद्धन गर्न राष्ट्रिय टेलिभिजनको प्रयोग गरी प्रचार प्रसार गर्ने, उज्यालो गाउँपालिका अभियान नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

इन्टरनेट सहितको सूचना प्रविधिको सम्भावनाकालागि गाउपालिकाले समन्वय गर्ने, काडाकोेटमा निमार्णाधिन अवस्थामा रहेको नेपाल टेलिकम टावर छिटो निमार्णकालागि पहल गरिने, दलित महिला हलिया खलियाको ससक्तीकरणका लागि कार्यक्रम ल्याइने निति गत निर्णय गरेको छ ।

अपाङग मैत्री, बाल मैत्री विकास गर्ने नीति लिई स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षामा पहुच पुर्याउने, नमुना सामुदायीक विद्यालय बनाउने, हप्ताको एक दिन योगाअभ्यास गराउने ब्यवस्था मिलाउने, म स्वस्थ मेरो गाउ पालिका स्वस्थ कार्यक्रम अघिबढाउने कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ का लागि १८ करोड २ लाख ६६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । गाउपालिकाले नेपाल सरकारबाट वितिय अनुदान प्राप्त ११ करोड ६२ लाख ८९ हजार, नेपाल सरकारबाट प्राप्त हुने सर्शत अनुदान ४ करोड १३ लाख ६६ हजार, आथिर्क बर्ष ७३÷७४ स्रोत सञ्चितिबाट ७३ लाख ८६ हजार, गाउपालिकाको आन्तरिक आम्दानीबाट २ लाख ६८ हजार र कर्णाली स्वरोजगार कार्यक्रम अन्तरगत १ करोड ५२ लाख २५ हजार गरी सो रकम विनियोजन गरेको हो ।

विनियोजित रकम मध्य प्रसासनिक खर्च तर्फ ४ करोड ६६ लाख २० हजार ६८२ रुपैया छुट्याइएको छ भने पुजिगत खर्च तर्फ ९ करोड २३ लाख ८० हजार विनियोजन गरिएको छ ।

जसमा कृषि तथा पशु कार्यक्रम तर्फ ८७ लाख १६ हजार १३० रुपैया, सामाजिक विकास अन्र्तगत शिक्षा तर्फ २ करोड ७८ लाख १७ हजार, स्वास्थ्य तर्फ १ करोड ३३ लाख रकम विनियोजन गरेको छ ।

त्यसैगरी खानेपानी तथा सरसफाइ तर्फ ४ करोड ५० हजार मध्य वडा नं १ का लागि ३१ लाख वडा नं २ का लागि ३६ लाख, वडा नं तीनका लागि ३२ लाख वडा नं चार, पाँच छ कालागि ३५/३५ लाख रुपैया विनियोजन गरेको हो ।

गाउँ कार्यपालिका प्रमुख तथा गाउ सभाका अध्यक्ष कालीवहादुर शाहीले प्रश्तुत गरेको बजेटमा संस्कृति प्रवद्र्धन तर्फ प्रत्यक वडालाई १–१ लाख रुपैया विनियोजन गरिको बताउनु भएको छ । त्यसैगरी खेलकुद विकास तथा मनोरञ्जन तर्फ ६ लाख ५० हजार, लैङिगक समता तथा सामाजिक समावेशी करणकालागि ७ लाख १८ हजार ८०० विनियोजन गरिएको छ ।

त्यसैगरी पूर्वाधार विकासतर्फ ४ करोड २० लाख ५० हजार विनियोजन गरिएको छ । पूर्वाधार विकास तर्फ सडक निमार्ण तर्फ २ करोड ५० लाख, सिचाई तर्फ १ करोड ३३ लाख, उर्जा तथा विद्युत विकास तर्फ ३६ लाख र वातावरण तथा विपद ब्यवस्थापनतर्फ ५ लाख विनियोजन गरेको अध्यक्ष शाहीले बताउनु भएको छ ।