काठमाडौं, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को संसदीय दलको नेतामा दीपक बोहरा चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले बोहरालाई सर्वसम्मत दलको नेता चुनेको हो ।
त्यस्तै संसदीय दलको उपनेतामा विक्रम पाण्डे चयन भएका छन् । बैठकले प्रदेश नम्बर दुईमा चुनावी तयारी तीव्र बनाउने र चुनावपछि मात्रै सरकारमा जानेबारे टुंगो लगाउने निर्णय समेत गरेको प्रवक्ता किरण गिरीले जानकारी दिए ।













प्रतिक्रिया