२१ कार्तिक २०८३, शनिबार

बाढीपीडितलाई औषधि आयातकर्ताको दश लाख सहयोग, स्वास्थ्य मन्त्रीले बुझ चेक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । नेपाल औषधि आयातकर्ता संघले तराईका बाढीपीडितहरूका लागि दश लाख आर्थिक सहयोग गरेको छ ।

प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरेर संघले शुक्रबार बिहान स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई दश लाखको चेक हस्तान्तरण गरेको महासचिव पवन आचार्यले जानकारी दिनुभयो ।

संघका अध्यक्ष अञ्जन पुडासैनीको नेतृत्वमा गएको औषधि आयातकर्ता संघका पदाधिकारी र सदस्यहरूले स्वास्थ्य मन्त्रीलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

‘प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरेर औषधि आयातकर्ता संघले स्वास्थ्य मन्त्रीलाई दश लाख रुपियाँ हस्तान्तरण गरेका छौँ’, उहाँले भन्नुभयो, ‘आवश्यक परेमा फेरि पनि सहयोग गर्न हामी तयार छौँ ।’

स्वास्थ्यमन्त्री पोखरेलले आर्थिक सहयोग लिएपछि तराईका बाढीपीडितका लागि औषधि आयातकर्ता संघले दिएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।

सो आर्थिक सयहोग प्रधानमन्त्री राहत कोषमार्फत तराईका बाढीपीडित समक्ष पुग्ने स्वास्थ्यमन्त्री पोखरेलले आश्वासन दिनुभएको थियो ।