२१ कार्तिक २०८३, शनिबार

प्रेस चौतारीमा थपिए १४ केन्द्रीय सदस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । एमाले निकट पत्रकारहरूको साझा संस्था प्रेस चौतारी नेपालले १४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

नेपाल पत्रकार महासंघको अधिवेशन आउन केही दिन अगाडि चौतारीले केन्द्रीय सदस्यहरूको मनोनय गरेको हो ।

मनोनीत हुनेमा तीर्थ सिग्देल, खगेन्द्र अधिकारी, सोम शर्मा बजगाइँ, राजेश शर्मा, मोहन बास्तोला, माधव पौडेल, देवेन्द्र कार्की, सन्दीप राई, हरिबोल आचार्य, लक्ष्मी बस्नेत, शिवकुमार काशी, नेपोलियन चेपाङ, विष्णुलाल बुढा र सकिल अहमद कादरी रहेका छन् ।