काठमाडौं, १ भदौ । गणतन्त्र ईण्डोनेशियाको ७२औं स्वतन्त्रता दिवसको अवसरमा विहिबार (आज) एक समारोहका बीच नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्र प्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गर्नुभएको छ ।
कार्यक्रममा नेपालमाबसोबास गरिरहनुभएका ईण्डोनेशियन नागरिकहरु, वाणिज्यदूत कार्यालयका कर्मचारी तथा आइएमई ग्रूपमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो ।
नेपाल र गणतन्त्र ईण्डोनेशियाबीच सन् १९६० माऔपचारिक कुटनीतिक संबन्ध स्थापनाभएको थियो । गणतन्त्र ईण्डोनेशिया र नेपालबीच आपसी कुटनीतिक र आर्थिक संबन्ध वाणिज्य दूतावासको स्थापनाले थप मजबुत बन्दै आएको छ ।
नेपालकालागि ईण्डोनेशियाको गैह्रआवासीय राजदूतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ । नेपालस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयको पहलमा सन् २०१६ मेदेखि नेपाली नागरिकहरुलाई ईण्डोनेसियामा फ्री भिषा अन अराइभल पनि दिन थालिएको छ । यो व्यवस्थाले नेपालीहरुलाई ईण्डोनेशिया भ्रमणमा सहज बनाएको छ र दुवै देशको पर्यटन व्यवसायमा राम्रो प्रभाव पारेको छ ।
ईण्डोनेशिया आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । साथै नेपाल र ईण्डोनेशियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच व्यापार व्यवसायका थुप्रै संभावनाहरु रहेका छन् ।












प्रतिक्रिया