२१ कार्तिक २०८३, शनिबार

भारतले सिमानामा बनाएका बाँधहरूबारे समीक्षा आवश्यक छ : पूर्वमन्त्री गिरी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । पूर्वमन्त्री एवम् सांसद दीपक गिरीले लगातारको वर्षापछि आएको बाढीले जनधनको ठूलो क्षति पु¥याएको भन्दै समस्या समाधानका लागि सरकारले दीर्घकालीन योजना तयार गर्नु पर्ने बताउनु भएको छ ।

संसदको वैठकमा मंगलबार विषेश समय लिएर बोल्दै सांसद गिरीले बाढीले किसानको हजारौं विघा जमिन बगरमा परिणत गरेको भन्दै पीडितहरूका लागि दीर्घकालीन राहत प्याकेज जरुरी रहेको वताउनु भयो ।

गिरीले भन्नुभयो, ‘बाढीपीडितका लागि सरकारको तर्फबाट देखाइएको तदारुकताको नडराएर प्रसंसा गर्नुपर्छ । कांग्रेसका संसदहरूले एकमहिनाको तलव बाढीपीडितका लागि छुट्याउनु प्रसंसनीय काम भएको छ ।’

निम्न वर्गीय किसानहरू एकै रातमा सुकुम्वासीका रुपमा परिणत भएको भयावह परिस्थितीको नजर अन्दाज गर्दै यसले नेपालको अर्थतन्त्रलाई मात्रै होइन, तराई मधेसका कैयौं जनतालाई एक पुस्तासम्म गरिबीको सुरुङतर्फ धकेल्ने कांग्रेस सांसद गिरीको जिकिर गर्नुभयो ।

अतिजोखिम युक्त बाढी पहिरो नियन्त्रण परियोजनालाई आफू सिचाइ मन्त्री भएका वेला लागू गराएको भन्दै गिरीले भन्नुभयो, ‘यो परियोजनाले वाढीवाट हुने ठूलो क्षतिलाई न्यूनीकरण गर्नेछ ।’

विभिन्न ठाउँमा छिमेकि राष्ट्र भारतले बाँधहरू बनाएको प्रसंग उल्लेख गर्दै पूर्वमन्त्री गिरीले वाँधले पारिरहेको असरका विषयमा नेपाल सरकारले नयाँ शिराबाट समीक्षा गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

उहाँले बाढीवाट दाङ पनि वर्षेनि पीडित हुने गरेको भन्दै राप्ती र बवइ नदीमा दुवैतर्फ तटवन्धको अनिवार्यतालाई औल्याउनु भयो ।