२१ कार्तिक २०८३, शनिबार

चिनियाँ उपप्रधानमन्त्रीले दुःख व्यक्त गर्दै भने– हामी नेपाली जनताको साथमा छौं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालमा आएको बाढी पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफूहरु नेपाली जनताको साथमा रहेको बताएका छन् ।

शुक्रबारदेखिको अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानले नेपालको तराई विपत्तिमा परेका बेला चारदिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुगेका याङले मंंगलबार राजनीतिक भेटघाटका क्रममा धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफूहरु नेपाली जनतासँगै रहेको बताए ।

चिनियाँ उपप्रधानमन्त्री याङले आजै बाढीपहिरो र डुबान पीडितका लागि आपतकालिन राहतका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए ।