बारा, ३० साउन । नेकपा एमाले जिल्ला सचिवालय कमिटी बाराको बैठकले केहिदिन यता अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा भएको धनजनको क्षती प्रति दुःख ब्यक्त गर्नुका साथै आवश्यकर्ता अनुसार राहतको कामलाई अघिबढाउने निर्णय गदै मनमोहन स्मृती भवन सिमरामा आज सम्पन्न भएको छ ।
बैठकले बारा जिल्ला कचोर्वा निबासी गहनिया देबि पासवान,महागढीमाइ नगरपालिका वडा नम्बर १ का मैफुल आलमको मृत्यु भएको घटना प्रति दुःख ब्यक्त गर्नुका साथै आदर्स कोतवाल निबासी ७० वर्षीय बृद्ध ब्रम्हदेब महत्तोको पिपरपाति गांउपालिकामा रहेको राम जानकि मन्दिरमा पसेको जमुनि नदिको बाढीबाट मृत्यु भएको र रतनपुर निबासी भवानी धामीलाई शक्ति खोलाले बगाएर भएको मृत्युको घटना प्रति गहिरो दुख ब्यक्त गदै मृतक प्रति श्रदान्जली अर्पण गर्नुका साथै शोकसंन्तब्ध परीबारजन प्रति समबेदना ब्यक्त गदै जिल्ला कमिटीको तर्फ बाट मृतकका परीवारलाई प्रति परीवार तत्काल ५ हजार रुपैया राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । साथै प्रभाबित स्थानमा पिढीतको लगत संकलन गरी जिल्ला कमिटीको तर्फ राहत उपलब्ध गराउने निणर्य गरीएको एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।
बैठकले जिल्लाका गांउपालिका,नगरपालिका र उपमहानगरपालिकामा रहेका नदिका तटबन्ध तथा भबनहरुमा अबिरल बर्षा पछि आएको बाढीले क्षति पुरयाएको र अधिकांन्श सडकहरु छत बिच्क्षद भएका कारण आवागमन समेत प्रभाबित भएकोले सो सडकहरु तत्काल मर्मत गरी आवागमन सुचारु गराउन र बाढी प्रभाबित क्षेत्रमा उद्धार, राहत, मर्मत र पुर्ननिर्माणको कामलाई तत्काल अघि बढाउन सरकार संग जोडदार माग गर्ने निर्णय गरेको एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।
जिल्ला कमिटी अध्यक्ष क.सुन्दर बिकको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवम सह इन्र्चाज दिनेस राई,नेपाल खेलकुद महासंका केन्द्रिय अध्यक्ष्य एवं सान्सद पुरुषोत्तम पौडेल,प्रदेस नम्बर २ का सदस्य भरत खडका,सिता गुरुङ्ग,केन्द्रिय कृषी बिभागका सदस्य पलट चौधरी,केन्द्रिय निर्वाचन बिभाग सदस्य रफिक अंसारी लगायतको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया