५ कार्तिक २०८३, बिहिबार

अष्ट्रेलियन एजुकेशन डे २०१७ आयोजना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । विद्यार्थीहरुको मार्ग दर्शन र तिनको लक्ष्य प्राप्तिका लागि अग्रणी संस्थाका रुपमा एईसीसी ग्लोबल परिचित छ । लामो समयदेखि एईसीसीले विद्यार्थीहरुको उज्वल भविष्यका लागि कोर्ष, विश्वविद्यालय र अध्यनका लागि उपयुक्त देश छनोट गर्ने लगायत कार्यमा उचित मार्गदर्शन उपलब्ध गराउँदै आइरहेको छ ।

स्थापनाकालदेखि नै आफ्नो निरन्तर क्रियाकलापका रुपमा आयोजना भइरहेको अष्ट्रेलियन डे संस्थाले बर्षको दूई पटक आयोजना गरिरहेको छ । सोही कार्यक्रमलाई निरन्तर्ता दिँदै संस्थाले यस पटक ‘अष्ट्रेलियन एजुकेशन डे’ ९, १० र ११ अगष्टमा आयोजना गरेको छ । यस पटक संस्थाले काठमाडौं (होटल याक एण्ड यती’ ,पोखरा –होटल पोखरा ग्राण्डी र चितवन –होटल रोयल सेन्चुरीमा कार्यक्रमको आयोजना गर्यो । कार्यक्रम विहान ११ बजेदेखि बेलुकी ५ः३० सम्म आयोजना गरिएको थियो । सम्माननीय उप प्रधानमंत्री र शिक्षा मंत्री श्री गोपाल मान श्रेष्ठ द्वारा उद्घाटन गरिएको छ । कार्यक्रम को प्रमुख अतिथि नेपालका लागि अष्ट्रेलियाको राजदूत पीटर बड थिए।

काठमाडौंमा आयोजित कार्यक्रममा २७ ओटा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । त्यसैगरी कार्यक्रममा ७०० विद्यार्थीहरुले काउन्सेलिङका लागि सहभागिता जनाएका थिए । त्यसैगरी, पोखरामा १४ र चितवनमा १० ओटा विश्वविद्यालयका प्रतिनिधीहरुको उपस्थित रहने विज्ञप्ति मार्फत जानकारी दिइएको छ । ‘अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधीसंग प्रत्य्क्ष भेटी विद्यार्थी तथा अभिभावकमा भर्ना, छात्रबृत्ति र भिषा डक्यूमेण्टेशन लगायतका बारेमा रहेका जिज्ञासा तथा दुविधा हताउने उद्देश्यका साथ हामीले बर्षमा दूई पटक यस्ता कार्यक्रमको आयोजना गर्ने गरेका छौँ । विद्यार्थीहरुले विश्वविद्यालयको भ्रमण गर्न नसक्ने अवस्थालाई समेतलाइ दृष्टिगत गरी हामीले विश्वविद्याल नै तिनका सामु उपस्थित गर्ने जमर्को उठाएका हौँ ’, एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने । यसले तिनका समग्र समस्याको समाधान एकै स्थानमा सल्ट्याउन सघाव पु-याउर्ने हामीले अपेक्षा गरेका छौँ ।’

सन् २००८मा स्थापित एईसीसी ग्लोबलको प्रधान कार्यालय अष्ट्रेलियाको मेलबर्नमा अवस्थित छ । हाल संस्थाले ८ देशका २३ ओटा शहरबाट आफ्नो सेवा प्रदान गरिरहेको छ । अष्ट्रलियाका साथै, एईसीसीले न्यूजिल्याण्ड, क्यानेडा, यूएसए र यूकेबाट पनि सेवा प्रदान गरिरहेको छ । संस्थाका साथमा ४० भन्दा बढी क्यूईएसी प्रमाणित काउन्सेलर आवद्ध रहेका छन् ।

विद्यार्थीलाई प्रदान गरिने सटिक तथा उपयोगी काउन्सेलिङ्का कारण संस्था बजारमा रहेका अन्य भन्दा पृथक रहेको झाले बताए । संस्थाले विद्यार्थीको बौद्धिक विकासका साथै समग्र देशकै विकासलाई ध्यानमा राखी तिनको अध्यन समाप्ति पछि राष्ट्रका लागि योगदान तिरपनि विशेष ध्यान दिने गरेको छ । अध्ययनका लागि निर्धारित देशका साथै आफ्नो राष्ट्रका लागि समेत योगदान दिन हामी आफ्ना विद्यार्थीलाई सधै प्रेरित गर्ने गछौँ ।

बाहिर अध्ययन गर्दा सिकेका सिप तथा ज्ञानको माध्यमबाट विद्यार्थीले देशका लागि गर्न सक्ने योगदान सम्बन्धि सकारात्मक सल्लाहपनि हामी प्रदान गर्ने गर्छौँ’ एईसीसीका विजनेश हेडहरु रञ्जित कुमार अग्रवाल र सचिन उपाध्यायले भने ।

राष्ट्र विकासमा तेवा पु-याउनु एईसीसीको प्रमुख उद्देश्य रहेको छ । यही उद्देश्य पुर्तिका लागि संस्थाले राष्ट्र विकासमा योगदान दिन सक्ने कोर्षपनि आफ्ना पाठ्यक्रममा समावेश गरेको छ ।