१ कार्तिक २०८३, आइतबार

मेगा बैंक, नेको इन्स्यौरेन्स र अग्नि इन्भेष्टमेन्टमा जागिर खुल्यो, २५० जना माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेगा बैंक, नेको इन्स्यौरेन्स र अग्ति इन्भेष्टमेन्टमा जागिर खोलेको छ । करिब २५० जनाका लागि यी तिनवटै वित्तिय संस्थाले आवेदन आह्वान गरेका हुन् ।

मेगा बैंकले माग्यो १६७ जना

तिन वित्तिय संस्थामध्ये मेगा बैंकले १६७ जना कर्मचारीका लागि आह्वान गरेको छ । यो बैंकले विभिन्न पोजिसन तथा क्षेत्रका म्यानेजर १९ जना, अफिस लेवलका कर्मचारी ५२ जना र असिस्टेन्ट लेभलका कार्मचारी ९६ जना गरी १६७ जनालाई रोजगारी अवसर दिने भएको छ । यसले इच्छुक र योग्यता पुगेका उमेदवारबाट आवेदन माग गरेको छ । विस्तृत विवरणका लागि बैंकको केन्द्रीय कार्यालय कमलादीमा सम्पर्क गर्न सकिनेछ ।

अग्नि इन्भेष्टमेन्टमा ४६ जनालाई रोजगारी अवसर

त्यसैगरी अग्नि इन्भेष्टमेन्टले एकैपटक ४६ जनालाई रोजगारी अवसर दिने भएको छ । यो कम्पनीले कार्यालय सहयोगिदेखि महाप्रवन्धकसम्मलाई रोजगारी खुलाएको छ ।

कम्पनीले महाप्रवन्धक, चिफ फाइनान्स अफिसर, क्रेडिट हेड, फाइनान्स हेड एकएक जना मागेको छ ।

सो कम्पनीले एकाउन्ट एक्जुकेटिभ, एचआर एडमिन एक्जुकेटीभ, रिकभरी एक्जुकेटिभ, लिगल एक्जुकेटिभ, सीआरएम एक्जुकेटिभ, कर्पोरेट तथा ब्राण्ड क्रेडिट एक्जुकेटिभ, कम्प्लाएन्स तथा केवाईसी एक्जुकेटिभ, आइटी एक्जुकेटिभ र एचआर एडमिन असिस्टेन्ट दुई–दुई जना मागेको छ ।

यसैगरी क्रेडिट असिस्टेन्ट, सीआरएम असिस्टेन्ट तीन–तीन जना मागेको छ । अकाउन्ट असिस्टेन्ट तथा क्यासियर ६ जना मागेको छ । यो कम्पनीले फ्रन्ट डेक्स डाइभर र अफिस असिस्टेन्ट भने चारचार जना गरि जम्मा ४६ जना मागेको छ ।

सम्बन्धित विषयमा दक्ष र अनुभविलाई प्राथमकिता दिने गरी मागेको उक्त पदमा इच्छुक उमेदवारलाई १० दिन भित्रै आफ्नो विवरणसहित आवेदन दिन कम्पनीले आग्रह गरेर दि हिमालय टाइम्समा सूचना प्रकाशन गरेको छ ।

नेको इन्स्यौरेन्समा ३५ जना कर्मचारी माग

नेको इन्स्यौरेन्सले पनि विभन्न कर्मचारी माग गरेको छ । यो बीमा कम्पनीले ३५ जना कर्मचारी माग गरेको छ । यो बीमा कम्पनीले डेपुटी जनरल म्यानेजर तथा असिसटेन्ट जनरल म्यानेजर, डेपुटी म्यानेज तथा असिसटेन्ट म्यानेजर र रिजनल म्यानेजर एकएक जना मागेको छ । यसले लिगल अफिसर र एक्जुकेटीम सेक्रेटरी एकएक जना मागेको छ । सिनियर अफिसर, अफिसर र जुनियर अफिसर गरेर १० जना सुपरभाइज २० जना मागेको छ ।

यसैगरी आइएमई लाइफले ब्राण्ड तथा मार्केटिङ तथा ट्रेनि असिस्टेन्ट मागेको छ । यसले आपसी सहमतिमा तलव निर्धारण गर्ने गरी रोजगारी दिने भनेको छ ।