१० मंसिर २०८३, बिहिबार

पार्टी विभाजन भएपछि कमल थापाले बनाए नयाँ रणनीति, राणा समूहले प्रतिवाद गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । आफ्नो व्यक्तिगत महत्वकांक्षा र पार्टीभित्रको निरंकुशैलीका कारण राप्रपा विभाजन गराउन बाध्य बनाएका अध्यक्ष कमल थापाले एक दर्जन सांसद र केही केन्द्रीय सदस्यहरूलाई कारबाहीको तयारी थालेका छन् ।

राप्रपा उच्च स्रोतका अनुसार अध्यक्ष कमल थापाले करिव १२ जना सांसदहरूलाई पदसमेत जाने गरेर निर्वाचन आयोगमा कारबाहीको सिफारिस तयारी गरेका हुन् ।

अध्यक्ष थापाले रामकुमार सुव्वा, विराजबहादुर विष्ट, वविना मोक्तान लावती, रेशम लामा, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ, गीता सिंह, लक्ष्मी पासवान, धानु महरा, राज्यलक्ष्मी सिंह, लीला श्रेष्ठसहितका सांसदलाई पदबाट हटाउने गरेर निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र पठाउने तयारी गरेका हुन् ।

थापाले पार्टी विभाजन गर्न पशुपति शम्शेर राणा समूहलाई मद्दत गरेको भन्दै केन्द्रीय सदस्य उज्वलबिक्रम थापासहित आधा दर्जन केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशनको तयारी थालेका छन् ।

पशुपति शम्शेर राणा समूहले आइतबार अकस्मात राप्रपा (प्रजातान्त्रिक) दर्ता प्रक्रियामा लगेपछि कमल थापा समूह आत्तिएको छ ।

आइतबार नै कमल थापाले केही सांसद र केन्द्रीय सदस्यलाई कारबाहीको तयारी गरेपनि उनी सो कार्यमा सफल हुन सकेनन् ।

अध्यक्ष कमल थापाले आज विवाद उत्पन्न गर्नका लागि र पशुपति शम्शेर राणा समूहलाई अप्ठ्यारो बनाउन कारबाहीको ‘नाटक’ थालेको राणा समूहको भनाइ छ ।

राणा समूहले कमल थापा समूहले अब कारबाहीको कुनै अर्थ नरहने दाबी गरेको छ । राणा समूहका एक नेताले भने, ‘पार्टी विभाजन र नयाँ पार्टी दर्ताको प्रक्रिया सुरु भइसकेकाले कमल थापा समूहले अब कारबाही गर्नुको कुनै अर्थ रहँदैन । अबको कारबाहीले कमल थापा आफै फस्ने छन् ।’