१० मंसिर २०८३, बिहिबार

भरतपुरका निर्वाचित पदाधिकारीलाई आज सपथ खुवाइँदै, एमालेका दुई वडाध्यलाई किन रोकियो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २२ साउन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई आज सपथ खुवाउने कार्यक्रम तय भएको छ ।

नेकपा एमालेबाट निर्वाचित वडा नम्बर ४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्य सबै निर्वाचित पदाधिकारीलाई आज अपराह्न शपथ गराइने तय भएको भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे बताए ।

उनका अनुसार गएराति प्रमुखमा विजयी रेणु दाहाल, उपप्रमुख पार्वती शाह, महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई आज अपराह्न ३ बजे शपथ दिलाइने छ । निर्वाचित १४७ जनामध्ये आज १४५ जनाले शपथ लिनेछन् ।

दुई वटा वडाका पराजित वडाध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँंडा इजलासमा दिएको निवेदनमाथि अन्तरिम आदेश जारी गर्दै उच्च अदालतले जेठ २१ गते हालका लागि अध्यक्षको हैसियतमा शपथ नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नू नगराउनू भनी विपक्षीका नाममा आदेश दिएका कारण एमालेबाट विजयी भएका दुई वडाध्यक्षको सपथ रोकिएको हो ।

हालसम्म पनि सो मुद्दाको फैसला भइनसकेकाले वडा नं ४ मा वडाध्यक्षमा निर्वाचित हरि आचार्य र वडा नं ७ मा निर्वाचित राजेन्द्रमणि काफ्लेको शपथ आजका लागि रोकिएको हो । दुब जना एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

ती दुवै मुद्दामा अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश जारी गरेको छ । आदेशमा विपक्षीबाट प्रतिउत्तरसरहको लिखित जवाफ परेपछि पुनःविचार हुने उल्लेख छ ।

भरतपुर महानगरमा पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडाको साउन २० गते पुनःमतदान गरिएपछि निर्वा्चित भएको लामो समयपछि शपथ हुन लागेको हो ।