काठमाडौं, २२ साउन । नेकपा (एमाले) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ ।
काठमाडौंको धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह ४ बजे स्थायी समितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
‘मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो’, उहाँले भन्नुभयो, ‘२ नं. प्रदेशको चुनावको तयारी र जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख के गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ ।’
स्थायी समितिको बैठकमा भरतपुर महानगरपालिकाको मतपरिणाम र त्यसपछिको उत्पन्न राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने सक्ने बताइएको छ ।











प्रतिक्रिया