काठमाडौं, २२ साउन । एनआईसी एसिया बैंक लिमिटेडले नेपालमै पहिलो पटक नगद अमेरिकी डलर आयात गरी ग्राहकलाई सहज रूपमा नगदमा अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ । बैकले १० लाख अमेरिकी डलर ल्याएको हो ।
सयौंको संख्यामा दैनिक रूपमा बिदेशिने नेपालीहरूको उच्च अमेरिकी नगद डलरको मागका बाबजुद पनि, नगद अमेरिकी डलरको अति न्यून मात्र आपूर्ति भएको कारण देखाउँदै बैंकले नगद डलर आयात गरेको हो ।
ग्राहकहरूलाई पर्न गएको असजतालाई सम्बोधन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्गका बैंकहरूलाई समेत विदेशवाट नगद डलर आयात गरी आफ्नो ग्राहकवर्गहरूलाई उपलब्ध गराउन सक्ने व्यवस्था गरेअनुरूप यो डलर ल्याइएको जनाइएको छ ।
बैंकले हालका लागि आफ्नो काठमाडौंभित्रका सम्पूर्ण ३२ शाखा कार्यालयबाट सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।
बैंकका त्रिपुरेश्वर, जावलाखेल, न्युरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगन्ज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्युरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, कीर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिस्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार शाखाबाट यो सेवा लिन सकिन्छ ।
यस्तै, उपत्यका बाहिरका शाखा कार्यालयहरू विराटनगर, वीरगञ्ज, धरान, पोखरा, नेपालगञ्ज, नारायणगढ, बुटवलबाट पनि सेवा लिन सकिने जनाइएको छ ।
बैंकले विदेश जाने ग्राहकहरूलाई भिसा इन्टरनेसनल डेबिट कार्डमार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया